एकादेशमा......
राजाको छोरालाई जोगिले मागेर लग्यो।...... जंगलमा पुगेपछी आफ्नो कुटि को सबै
काम राजकुमार दिक्पाल लाई लगाएर आफु दिनहुँ भीक्ष्या
माग्न जान्थ्यो। केही समय बितेपछी
राजकुमार लाई जंगलमा एक्लै बस्न गार्हो हुन
थाल्यो। " यो फुस्रा को
चाकरी गरेर कती दिन
बस्नु? " भनेर दिक्पालले त्यस
दिन जोगिले ताल्चा लगाएर साँचो कहाँ राख्छ भनेर
चियो गरे । जोगी
निस्केर गएपछी साँचो झिकेर जोगिले कहिल्यै पनि छिर्न नदिएको
मन्दिरको ढोका खोलेर भित्र
पसे। त्यहाँ भित्र छ वटा राजकुमारका
काटिएका टाउका झुण्डयाइएको थियो र
अगाडि रगतले लत्पत भएको देवी काली
को मुर्ती थियो। ....... ती टाउकाहरुमध्ये एउटाले
भन्यो "भोली तिमी १६
बर्षको भएपछी तिमीलाई पनि काटेर तिम्रो
शिरलाई हामी सँगै झुण्डयाइन्छ......। यदी बाँच्न
मन छ भने भोली
पूजा सकेपछी जोगिले देवीलाई दण्डवत प्रणाम गर भनेर भन्नेछ
। त्यतीवेला तिमीलाई काट्न राखेको खड्गले उसैको शिर काटिदेउ अनी
हामीलाई उसको रगतले सिँचिदेउ हामी
पनि जिवित हुन्छौं। ....... र राजकुमारले सबैलाई जिवित गराएर
आफ्नो राज्य फर्किए।...... सुन्नेलाई सुनको माला ... इत्यादि।
हाम्रो संस्कारमा
राजकुमारको कथा भनेर निकै चर्चित रहेको एउटा कथाका केही पक्षहरु माथि राखिएका छन्।
यी कथाहरु दन्त्यकथाको रुपमा स-साना नानीहरुलाई बर्सौंबर्ष देखी हजुरबुवाआमा ले सुनाइरहेका
छन। हामीले बच्चाहरुलाई
कथाहरु मार्फत धेरै राम्रा कुराहरु सिकाएकाछौं तर सिकाउने तरिका नितान्त गलत छ । कथा
को भाव पूर्ती गर्नको लागि हामीले वच्चाहरुलाई पक्कै पनि परिहरुका कथा सुनायौ, असत्य
माथि सत्यको विजयका कथाहरु सुनायौ, तर यि कथाहरुले आफ्ने मर्म पूरा गरेका छन् कि छैनन्
भनेर विश्लेषण गरिएको छैन । कथाहरुको सार त्यसै गरी गुम्न गएको छ जसरी विरालो बाधेर
श्राद्धकर्म गर्ने व्यक्तिको । यी कथाहरु जस्ले सानैछदा वच्चाहरुको व्यक्तित्व बिकास
गर्छ यिनमार्फत काम फत्ते पारे पुग्छ प्रकृया जस्तोसुकै भएपनी हुन्छ भन्ने किसिम्को
प्रस्तुती गरिन्छ । "मेरो नियत गलत थिएन " यती एउटा सार को लागि हाम्रा कथाका
मुख्यपात्र वच्चा हुँदा हुँदै आफुलाई जान नदिएको ठाउँहरुमा जाने, सांचो चोर्ने, र हिंसा
को वदला हिंसा गरेर म्रितक को जीवन पुन: फिर्ता ल्याउने जस्ता पाठकको मर्ममा मलम लगाउने
कामहरु गर्छन् । यस्ले पाठक वा श्रोता बच्चा नकारात्मक किसिमको सन्देश दिन्छ ।
अन्तिम मा नराम्रा
व्यक्तिको हत्या भयो र त्यस्का लागि जुन चोरी, निषेधित क्षेत्रमा प्रवेश र हत्या मुख्य
पात्रले गरे, के त्यो सब ठीक भयो त? नेपालको संबिधानले मृत्युदण्डको आज्ञा दिएको छैन
तर कानुनलाई हातमा लिने, नियत सहि छ वा गलतलाई
सजाय दिनुपर्यो भन्दै आफुले पनि गलत कार्य गर्ने प्रव्रित्ती जब परीकथा र दन्त्य कथामा
सुनाइन्छ, तवसम्म नैतीकवान, नियमसंगत र अनुशासित
व्यक्ती मुढेवल, हठ र जिद्धी सँग जितिरहन्छ
। व्यक्तिको वाकप्रयोग सहि दिशामा हुनुपर्दछ तर हाम्रा कथाहरुले वच्चा अवस्था देखी
नै यस्त गलत कुराहरु गरेर मुख्यपात्रले जितेको सिकेका छन् । यसरी नै व्यक्तित्व बिकास
भएको युवाले अनैतीक हिसाबले काम गर्ने, नियम भनेको त तोड्न को लागि हो भन्ने आदी हर्कत
गरेकोमा किन कसैले अनौठो मान्नु पर्यो र ? जवसम्म वच्चाहरुलाई नियमले मानिसलाई सुरक्षित
बनाउँछ, अनुशासनले मान्छे शक्तिशाली हुन्छ, वलको प्रयोग बुद्धिपूर्वक र नैतीक कार्यमा
गरिनुपर्छ भन्ने कुरा सिकाइँदैन, तवसम्म उनिहरुबाट भविश्यमा हुने हिंसात्मक कार्य र
प्रव्रित्तीहरुलाई पनि आश्चर्यजनक मान्नु आवश्यक छैन ।
साइकोडायनामिक
सिद्धान्त, मनोविश्लेषण सिद्धान्त र फ्राइड को साइकोसेक्सुआल स्टेज हरुको विश्लेशण
भित्र मानिस को व्रिद्धी बिकासको क्रम मा
सानै देखी किशोरावस्था सम्म पाएको स्याहार, संस्कार र देखेको माहोलले दिर्घकाल
सम्म वच्चा को मनस्थिती, व्यक्तित्व, सोच तथा
व्यवहारमा फरक पर्ने कुरा स्पस्ट वयान गरिएको छ। Tinbergen in 1973: noble prize
winner for concept of supernormal stimulus जस्ले हामीले intake गरिरहेको सुचनाले हाम्रो मन मस्तिस्कमा
दिर्घकालिन असर पर्छ जसबाट सामान्य रुपले हामीले गर्ने गतिविधिहरु माथि प्रभाव पर्छ
भन्ने कुरा प्रस्ट परेका छन् ।
सन्दर्भ बारम्बार
नेपालका शैक्षिक संस्थाहरुमा हुने हिंसात्मक गतिविधिहरुको हो । बाहिरबाट हेर्दाखेरी
कस्तो किसिमले मान्छे ( जो कुनै सैनिक तालिम प्राप्त छैन) आपत्तिजनक हिंसात्मक गतिविधीमा
संलग्न हुन तत्पर रहन सक्छ भन्ने प्रश्न उठ्ने किसिमका अनैतीक र मर्यादा विपरित कार्यहरु
विद्यार्थी स्तरमा भाईरहेका खबरहरु दैनिक पत्रीकामा
प्रशस्त आउंछन् । उदाहरणका
लागि पछील्लो सात वर्षमा जतिपतक नेपालका कृषि सनंकायको अध्यापन गराइने स्थानहरुको वारेमा
समाचार इत्यादी आएका छन्, ती सबैमा कुनै न
कुनै किसिमको हिंसा प्रदर्शन भएको छ । धेरैजसो
गतिविधी विवादास्पद हुने र अन्त्यमा समयसंगै सेलाउने व अर्को कुनै घटनाको विवादमा गएर
टुंगिने गरेका छन् । आँफैले पढ्ने क्याम्पस र अध्ध्यन संस्थानमा तालावन्दी, परीक्षा
रद्द गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका च्यात्ने, क्याम्पस गेट जलाउने, प्र. अ. को
पुत्ला दहन, चर्का आन्दोलन र बन्द, एक अर्कामाथि हतियार प्रहार र हल्लावोल हमला, शिक्षक
माथि दुर्व्यवहार, इत्यादी
केही प्रमुख गतिविधी हुन् । हुन त अन्य शिक्षण संस्था पनि यी कुराहरुमा सान्दर्भिक
हुन जालान तर यसो सुन्दा कुनैपनी हिसाबले एउटा विद्द्यार्थीको हातबाट कसरी हुन सक्छ भन्ने जस्ता
यी हर्कतहरु हाम्रा कृषि क्यम्पसका यथार्थ हुन् । अहिलेका युवा पुस्ता बढी आक्रामक
देखिनुमा कहिं कतै हाम्रा दन्त्यकथा, परिकथा, सामाजिक सन्जाल, ईन्टरनेट, ईमेल, टि.भी.
च्यानेल इत्यादिमा देखाइने आक्रामक कुराहरु त जिम्मेवार छैनन् भनेर सोध्नुपर्ने अवस्था
आएको छ । पौराणिक कथाहरु, सिनेमाका कथा, टि.भी. सिरियल, साहित्य, एनिमे, कमिक वा जुनसुकै
कथानक मा पनि गलत को मरण र सहीको विजयका लागि विनाश किन देखाइन्छ? र यस्ता कथा पुस्तौंदेखि
संस्कारका रुप्मा वच्चाहरुलाई सुनाउंदा किन विचार गरिन्न?
विभिन्न मुलुकका
Age of consent अलग अलग हुन्छन् । वच्चाहरुको हातमा पर्ने जुनसुकै पनि सामाग्री वच्चाको
मनस्थितीमा पर्ने असर विचार नगरि दिइनु हुन्न। जापान को Age of consent १३ बर्ष छ,
त्यहांका वच्चाहरुलाई सरकारले दिएको सुविधा, त्यहांको नियम, संस्कार अनुसारले बनेका
" Adult item " भएका मांगा र एनिमे हरु हाम्रा स्कुल जाने वच्चाहरु पढि र हेरिरहेका
छन्। यो कुराले उनिहरुको मनस्थितिमा कस्तो प्रभाव पर्ल भन्ने कुराहरुमा कसैले सोछेको
छ कि छैन? प्रसिद्ध गीतकार जावेद अख्तार ले आफ्नो एउटा अन्तर्वाता मा भनेका छन "आजकल फिल्ममा गरिवका कथाहरु छैनन, मदिरा, यौन र लागुपदार्थ छन्।"
सुचना प्रविधी (Information technology) र सुचना व्यवस्थापन (Information Management) सँग सम्बन्धीत सबैले यो बिषयमा ध्यान दिन र वेब्साइटहरुलाई content permit अनुसारले व्यवस्थपन गर्न अत्यन्तै आवश्यक छ। हाम्रो मुलुक्को नयाँं पुस्ता कस्तो हुनुपर्छ भन्ने कुराको जिम्मेवारी हाम्रो आफ्नै हो। "मैले मेरो अगाडि केही गलत भइरहेको देखें, त्यो गलत लाई रोक्नको लागि मैले यस्तो गरेको " भनिरहंदा हाम्रा कुनै पनि युवाले यो नसोचुन कि गलत कामलाई अर्को गलत काम गरेर सच्याउन सकिन्छ।चरित्रवान व्यक्ति प्रतिको सम्मान, नैतीकता, मर्यादा र नियम अनुकुल व्यवहार गर्ने व्यक्तिको जित, आदी यावत कुराहरु मा यदी परिवारले महत्व दिन सक्ने हो भने कुनैपनी किसिमको वाहिरी दवाव, peer pressure मा परेर गरिने अनैतीक कृयाकलाप कम हुने थिए कि ? यदी यसो हो भने अब देखी हाम्रा कथाहरु, वच्चाहरुको लागि ल्याइने पाठ्यसामाग्री, internet sites, टि. भि. कार्यक्रमहरु, आदिको सेन्सर गर्ने कि त ?
यदी हामी इक्षुक छौं भने हामीले चहे जस्तोसुकै कार्य होस्, अहिंसात्मक,न्यायोचित र मर्यादित ढंगले विरोध गर्न सकिन्छ भन्ने कुरा आजको युवालाई सिकाउन आवश्यक छ। ढुङेयुग को जस्तो मुढेवल बाट युद्ध गर्न हैन वैचारिक सक्षमताको आधारमा हार जित हुनु नै आधुनिक हुनु हो, कमजोर वा वलियो जस्तोसुकै शरीर भएको व्यक्तिको पनि विचार को उत्तिकै कदर हुने, व्यक्तिगत सम्मान र अधिकार तथा दायित्व उत्तिकै हुने र नियम को पालना पनि समान रुपले हुनु नै बिकास को मुल मर्म हो भन्ने कुरा बुझाउन जरुरी छ ।यो कुरा आजको युवा लाई स्पस्ट जानकारी मात्र नभै संस्कारमा यी कुराहरु प्रव्रिस्ट रहनुपर्ने आवश्यकता देखिएको छ । यदी भोलिको दिनमा मलाई आफ्ना भाई बहिनी शान्त रहुन, मर्यादित र नियमपूर्वक रहुन भन्ने इच्छा छ भने मैले मेरो घर बाट यो संस्कार सुरु गर्नु पर्छ । प्रत्येक युवाले मेरो गतिविधिले मेरो माता पिताको लालनपालन, मलाई दिइएको ज्ञान र संस्कारलाई प्रतिविम्बित गरेको छ र मैएल अहिले गरिरहेको व्यवहाँर ५० वर्ष पछी मलाई गर्दा पनि नैतीक प्रश्न उठ्दैन भन्ने किसिमको हुनुपर्छ अनी मात्र सभ्य र सुरक्षित समाजको कल्पना गर्न सकिन्छ।

आफ्नो भाई बहिनिलाई
आफुले सुनेको कथा सुनाउदै गर्दा मेरो मनमा जब यी विचारहरु आए तव मेरो कथामा राजकुमार
दिक्पाल ले सांचो चोरेनन्, निषेधित क्षेत्रमा प्रवेश गरेनन र जोगिको हत्या गरेनन् ।
आफ्नो नियमपालन, अनुशासन र आज्ञाकारीता का कारण देवीमा को कृपा ले राजकुमार को रक्षा
भयो र यथोचित दण्ड पायो जोगिले। कथा त यसरी पनि रोचक बन्न सक्छन ।
एउटालाई असल
देखाउनका लागि कुनै अर्को पात्रलाई गलत देखाउनै पर्ने जुन पद्द्ती छ, त्यो मानसिकता
बाट पनि दुर हुन आवश्यक छ । सांसारिक सच्चाइ : जुनसुकै व्यक्तिमा पनि असल र खराब गुणहरु
विद्द्यमान छन्,हामीले लिने प्रत्येक् कदम र निर्णयका लागि हामी जिम्मेवार रहन्छौं
त्यसैले जुन कार्य नियमसंगत छ, त्यही कार्य गर्नु उचित हो। एउटाले नियम तोड्यो भने
पनि आफुले नियम भित्र नै रहेर दोषिलाई कारवाही गर्नुपर्छ, त्यही सत्मार्ग हो र त्यसरी
नै असत्य माथि सत्य को विजय हुन्छ, नत्र पाप लाई काट्नको लागि मैले पनि पाप गरें भने
दोषिको दोष उस्लाई लागेपनी मेरो पापको फल मैले पनि भोग्नुपर्छ भन्ने कुरा जवसम्म वच्चैमा राम्रोसँग
सम्झाइदैंन, तवसम्म उत्तेजनपुर्वक हुने दुष्क्रित्यहरु कम होलान र विधिको शासन रहला भन्ने अपेक्षा राख्नु अतिमहत्वाकांक्षा बन्न जान्छ।
अर्को पुष्ताको बेला स्कुल,
क्याम्पस बाट डिग्रीमात्र हैन चरित्रवान व्यक्ती निकाल्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको
छ र यस्को सुरुवात आफ्नो घरमा Bedtime stories बाट गरिनुपर्छ। अबको कथामा राज्कुमार, हिरो, मुख्यपात्र आदिले नियम्संगत रुप्ले
विजय प्राप्त गरुन र अन्तिम उपलव्धी भन्दा उपयुक्त प्रकृयाले प्रशंसा प्राप्त गरोस्।
मेरा भाईबहिनिका भावी आचरण, विचार र भावनालाई सोझो प्रभाब पार्ने प्रेरणा श्रोत राजकुमार दिक्पालले अबदेखी जुनसुकै
परिस्थिती परोस, चोरि नगरुन, निषेधित कार्य नगरुन र हिंसा नगरुन् ।
No comments:
Post a Comment