म जस्तो म मलाई मन पर्छ
म जस्तो म आंटिलो छ
जोशिलो छ, फुर्तिलो छ
उसका सपनाहरु स्वर्णिम छन
उसका कल्पनाहरु श्रीजनाले भर्पुर
उसका इक्षाहरु सिमित र असिमित
सोचाइहरु गहिरा, बुझाईहरु स्पस्ट
लड्छ तर हांस्दै उठ्छ
आफ्ना को हाथ थाम्छ
म जस्तो म मलाई मन पर्छ
म जस्तो म प्रेमी हो
जीवन को बहाव सँगै भावनामा गोता खांदै
बहकिन्छ अनि सम्हालिन्छ आँफै
आफुलाई ठीक ठीक आंक्दछ
दिल खोलेर भिड्छ, र मन खोलेर स्विकार गर्दछ
जित तथा हार हरु
जीवन मा अगाडि हेर्दछ
म जस्तो म
सबै महत्वपूर्ण चिज हरु गुमाये पनि
अर्को पटक को आश गर्दछ
कि निराश छैन जीवन
समय को पलडा हो
कहिले भारी कहिले हलुको
कि केवल अगाडि बढ्दछ
म जस्तो म
किनकी पछाडि फर्किने फुर्सद छैन उसलाई
उ चिन्दछ, कि जे सत्य छ, त्यो सुन्दर छ
र जे सुन्दर छ, त्यो शिव छ
रङले र रुपले तान्दैन म जस्तो मलाई
मानिस हरुको व्रित्ती र प्रव्रित्ती प्रती जागरुक छ,
सचेत छ, तर पुर्वाग्रही छैन
प्रेमले पेश आउंछ, तर ढिल छोड्दैन,
सहयोगी छ, र आत्मनिर्भर छ
आत्मविमर्श गर्दछ, तर आत्मालोचना गर्दैन
म जस्तो म सोझो छ,
तर समझदार छ,
आफ्नो दुनो सोझ्याउने को भिड मा
दाता बन्ने सुह्रिदयी छ
कि अत्यावश्यक के छ जान्दछ,
मा बाबा ले भनेको पनि मान्दछ,
आफ्नो लागि निर्णय फेरी पनि आँफै गर्दछ,
म जस्तो म
सपना को डुंगालाई सार्थकता को किनार लगाउंदै
विजय को दिशा तिर अघी बढ्ने हरेक पाइला,
हरेक पल मा विजयी हुन्छ
म जस्तो म
"बिच मा कहाँ हराएछु ?
किन यसरी बिलाएछु?
के थियो के भएछु ?
किन प्रत्येक पल यो बिरक्त ?
किन यस्तो बिलाप ?
कहाँ गयो त कृया ?
कहाँ गयो त योग ?
कहाँ कुन्बेला र कसरी बिर्सिन गये त आफुलाई ? "
म जस्तो म आफुसित आज प्रश्न गर्छ
उत्तर सुन्न मन समेत गर्दैन
र सोच मा डुबिरहन्छ
मेरो मसित को यो संवाद माथि
तिमीले चिनेको म दंग पर्छ
No comments:
Post a Comment