This blog has drama scripts. You will watch it as you read it. Remember, you are the protagonist here.
Wednesday, October 12, 2022
Sachungi Medeulli : Isn't being common really nice?
Sunday, May 22, 2022
म जस्तो म
म जस्तो म मलाई मन पर्छ
म जस्तो म आंटिलो छ
जोशिलो छ, फुर्तिलो छ
उसका सपनाहरु स्वर्णिम छन
उसका कल्पनाहरु श्रीजनाले भर्पुर
उसका इक्षाहरु सिमित र असिमित
सोचाइहरु गहिरा, बुझाईहरु स्पस्ट
लड्छ तर हांस्दै उठ्छ
आफ्ना को हाथ थाम्छ
म जस्तो म मलाई मन पर्छ
म जस्तो म प्रेमी हो
जीवन को बहाव सँगै भावनामा गोता खांदै
बहकिन्छ अनि सम्हालिन्छ आँफै
आफुलाई ठीक ठीक आंक्दछ
दिल खोलेर भिड्छ, र मन खोलेर स्विकार गर्दछ
जित तथा हार हरु
जीवन मा अगाडि हेर्दछ
म जस्तो म
सबै महत्वपूर्ण चिज हरु गुमाये पनि
अर्को पटक को आश गर्दछ
कि निराश छैन जीवन
समय को पलडा हो
कहिले भारी कहिले हलुको
कि केवल अगाडि बढ्दछ
म जस्तो म
किनकी पछाडि फर्किने फुर्सद छैन उसलाई
उ चिन्दछ, कि जे सत्य छ, त्यो सुन्दर छ
र जे सुन्दर छ, त्यो शिव छ
रङले र रुपले तान्दैन म जस्तो मलाई
मानिस हरुको व्रित्ती र प्रव्रित्ती प्रती जागरुक छ,
सचेत छ, तर पुर्वाग्रही छैन
प्रेमले पेश आउंछ, तर ढिल छोड्दैन,
सहयोगी छ, र आत्मनिर्भर छ
आत्मविमर्श गर्दछ, तर आत्मालोचना गर्दैन
म जस्तो म सोझो छ,
तर समझदार छ,
आफ्नो दुनो सोझ्याउने को भिड मा
दाता बन्ने सुह्रिदयी छ
कि अत्यावश्यक के छ जान्दछ,
मा बाबा ले भनेको पनि मान्दछ,
आफ्नो लागि निर्णय फेरी पनि आँफै गर्दछ,
म जस्तो म
सपना को डुंगालाई सार्थकता को किनार लगाउंदै
विजय को दिशा तिर अघी बढ्ने हरेक पाइला,
हरेक पल मा विजयी हुन्छ
म जस्तो म
"बिच मा कहाँ हराएछु ?
किन यसरी बिलाएछु?
के थियो के भएछु ?
किन प्रत्येक पल यो बिरक्त ?
किन यस्तो बिलाप ?
कहाँ गयो त कृया ?
कहाँ गयो त योग ?
कहाँ कुन्बेला र कसरी बिर्सिन गये त आफुलाई ? "
म जस्तो म आफुसित आज प्रश्न गर्छ
उत्तर सुन्न मन समेत गर्दैन
र सोच मा डुबिरहन्छ
मेरो मसित को यो संवाद माथि
तिमीले चिनेको म दंग पर्छ
Tuesday, May 3, 2022
नेतृत्वप्रती...
This article is not meant to hurt any political parties, or take any support of any religion. I am taking names of leaders I heard of and read about. This does not mean there are not such leaders all over the world, and in every religion. I believe every place has people who sacrifice a lot to make their country stand tall and strong. I would like to pay my respect to such leadership in every part of the world.
नेतृत्व सिकाउनु अलग कला हो। राजनीतिका अध्ययन गरेका ब्यक्तिहरु (Political science graduates) ले राजनीतिक सल्लाह दिने, र नेतृत्व मा रहेको व्यक्ती, उच्च मनोबल तथा स्वच्छ छवी भएको हुने हो भने मात्र सत्ता र सत्तासिन को अर्थ ठीक रहन्छ।
नेतृत्व को अर्थ निर्णयले, र निर्णय को सफलता प्रकृयाले दिन्छ। समस्या को उठान, त्यसमाथि शिर्ष नेताहरुको बहस, दोस्रो चरण को तयारी, शिर्ष नेताहरुको आफ्नो पार्टी भित्र को कुराकानी, पुन: बहस, त्यही बहसकै मंच (forum) भित्रको छलफल, निस्कर्ष, आदेश र त्यस्को पालन, लोभरहित सन्चालन, र समयनुकुल हस्तान्तरण यती सत्तासिनले निर्णय गर्ने विधी हो ।
यो विधी अपनाउंदा हरेक पटक आगामी बहस मा फलाना फलाना कुरा पेश गरिनेछन भनेर पूर्व जानकारी गराईएको हुन्छ। यस्तो पारदर्शी तरिकाले जब तर्क को जित हुन्छ, त्यो जित मा गुण अवगुण हुन्छ।
There is no move where everyone remains unharmed. गुण लाई आत्मसाथ गर्दै अवगुण ले निम्त्याउने जोखिम को सही आकलन गरी, सहयोगी र योग्य समुहको सहायताले उचित कार्यक्रम निर्माण र परिचालन गर्नु नेतृत्व को कार्य हो। आफुले चुनेको अवगुण को प्रतिकुल प्रभाव पर्ने वर्ग प्रतिको जिम्मेवारी र क्षतीपुर्ती प्रती सजग, समानुभुत र दयाशीलता नेतृत्व का अपरिहार्य गुणहरु हुन।
नेतृत्वमा रहने ब्यक्ति पहिले नै आफुलाई बिर्सिनु पर्ने हुन्छ।अरुको जीवन मरण को कुरामा असर पार्ने निर्णयको जिम्मा लिनु अगी आफ्नो जीवन लाई कफन मा नराखि त्यो त्याग आउंदैन, जुन त्याग का मिसाल हरु महराणा प्रताप र शिबाजि महाराज ले देखाउनु भएको थियो।
त्यस्तो दब्दबा थियो र त अकबर फतेह् हासिल गरेको ठाउँमा पनि सिक्का महाराणा को नाम को चल्थ्यो। नेतृत्व "मनजीत" हुनुपर्छ, मनजीत हुन को लागि "मनमौजी" भएर चल्दैन। जसरी आचार्य को आफ्नो नियम हुन्छ, त्यस्तै नेतृत्वको आफ्नो अनुशासन हुन्छ, त्यस्को अक्षरस: पालना गर्ने स्थिती नहुँदा सम्मका लागि हामी नेता विहिन हुनु, र त्यस्तो पालना गर्ने ब्यक्ति नआउँदा सम्म नेपाल मा नेतृत्व वा "नेता" नहुनु सामान्य हो।
कार्यकर्ता को आफ्नो स्वतन्त्र सोच हुन आवश्यक छ। नेतृत्वले कार्यकर्तालाई तालिम दिनु उपयुक्त हुँदैन। कार्य दिनु र सो को पालना का निर्देशन सम्म दिनु ठीक रहन्छ। आफ्नो कल्पनाशक्ती र सिर्जनशीलता को सदुपयोग गर्दै पार्टीको मर्यादाका दायरा भित्र रही गतिविधी गर्ने गराउने ब्यक्ति मात्र पार्टी कार्यकर्ता हो।
उत्तम जीवनशैली को त्याग, स्वादिलो भोजन को त्याग, शैया र महल को त्याग गरी जंगलवास र शाकाहार गर्दै आफ्नो मातृभूमी को रक्षा गरेका वीर नेताहरुको जीवन गाथा लाई हेर्ने पढ्ने कुनै पनि युवालाई नेपालमा कुनै पनि व्यक्ती नेता वा कार्यकर्ता नभएको जस्तो लाग्दछ।
त्यस प्रवृत्ति को नेता उत्पादन गर्न को लागि नेत्रित्व निर्माण गर्ने कुशल र अनुशासित सल्लाह्कार र गुरु आचार्य को समेत खडेरी भएको अवस्था छंदा युवावर्ग ले राजनीति र यसका वर्तमान समय का ठेकेदार हरुप्रती आक्रोश, उदासीनता र घिन प्रकट गर्नु प्रत्याशित बिषय हो। यस लाई लिएर अघिल्लो पुश्ता र नेतृत्वमा रहने ब्यक्तिले आजको युवा नेतृत्व गर्ने हिम्मत र क्षमता राख्दैन तर सत्ता, राजनीति र राजनैतीक दलहरुलाई गाली मात्र गर्दछ भन्ने पुर्वानुग्रह राख्नु उपयुक्त छैन ।
जबसम्म सुपात्र नेता भेटीदैंन तबसम्मका लागि "नो भोट्" को नियम समेत हुन पर्छ। नेतृत्व आवश्यकता हो, त्यस्को अवमूल्यन गर्नु कुनै पनि व्यक्तिको बुद्धिमत्ता होइन, तर आफ्नो मन पर्दो नेतृत्व नपाउंदा सम्म करकावमा आएर मतदान गर्नै पर्ने बाध्यतामा फस्नु आजको विचारशील युवाको दुर्भाग्यपूर्ण सत्य अवश्य हो।